२०८३ बैशाख ८, मङ्लबार
 

इजरायलमा ५ सय केयर गिभर पठाउन प्रोटोकलमा हस्ताक्षर

prabhu bank home loan

काठमाडौं,

पाँच सय जना नेपाली केयर गिभर पठाउने गरी नेपालले इजरायलसँग गर्ने प्रोटोकलमा विहीबार हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले प्रोटोकलमा हस्ताक्षर गर्नु भएको छ ।

गत असोज १४ गते श्रमिक आपूर्तिबारे नेपाल र इजरायलीच श्रम सम्झौता भएको थियो । पाँच सय नेपाली केयर गिभर लैजाने गरी भएको यो सम्झौता अनुसार श्रमिक पठाउन दुई देशले छलफल गरेर प्रोटोकल तयार गरेका हुन् ।

अब इजरालयमा केयर गिभरका रुपमा श्रमिक लैजान एक आन्तरिक कार्यविधि जारी गरेर विज्ञापन प्रकाशित हुने विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिनुभयो ।

सएलसी उत्तीर्ण गरेर १५ महिने स्वास्थ्य सेवासम्बन्धी विषय पढेका वा १२ कक्षा पास गरी तीन महिने केयर गिभर तालिम लिएका, अंग्रेजी र हिब्रु भाषा बोल्न सक्नेलाई यो रोजगारीमा जान अवसर दिइनेछ । कामदार छनोट नेपाल सरकारले नै गर्नेछ ।

इजरायल जाने श्रमिकले भिसा शुल्क, मेडिकल शुल्क, टिकट, बिमा लगायतका खर्च आफैंले ब्यहोर्नुपर्नेछ । दुई देशबीचको सरकार–सरकार संयन्त्र (जिटुजी) बाट नेपाली कामदार इजरायल जानेछन् ।

यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने