

काठमाडौं,
चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७६/०७७ का लागि चिकित्सा सम्बन्धी स्नातकोत्तर तहको शुल्क तोकेको छ ।
आयोगले सोमबार एक सूचना जारी गरेर एमडि/एमएस क्लिनिकलका लागि २२ लाख ९९ हजार अधिकतम शुल्क तोकिएको जानकारी गराएको छ ।
एमडी आयुर्वेद पढ्न ९ लाख २४ हजार ३ सय ६५, एमएन एमएस्सी नर्सिङका लागि ८ लाख ८८ हजार २ सय ५०, एमपीएचका लागि पनि ८ लाख ८८ हजार २ सय ५० र एमफर्माका लागि ५ लाख १ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
एमएस्सी/एमएलटी, एमएस्सी एमआईटी, एमएस्सी मेडिकल माइक्रोबायोलोजीरबायोकेमेस्ट्री र एमएस्सी बेसिक साइन्स अध्ययन गर्न समान ७ लाख ३१ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।
एमफिल क्लिनिकल साइकोलोजीका लागि भने २ लाख ९३ हजार ६४५ रुपैयाँ तोकिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।
हेर्नुस् शुल्क निर्धारण सम्बन्धी आयोगको सूचनाः


