

काठमाडौं,
नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंमा एलएलबी अध्ययनका लागि समावेशी कोटासहित विद्यार्थी सिट संख्या ६ सय निर्धारण भएको छ । क्याम्पसले बुधबार सूचना निकालेर विद्यार्थी सिट संख्या ६ सय निर्धारण भएको र पहिलो वर्षमा पढ्न प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने जनाएको छ ।
क्याम्पसले शैक्षिक वर्ष २०७५र०७६ को एलएलबी पहिलो वर्षका प्रवेश परीक्षा फारम भरिसकेका विद्यार्थीको प्रवेश परीक्षाको कार्यतालिका समेत प्रकाशन गरेको छ। जसअनुसार माघ १७ गते शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रवेश परीक्षा हुने क्याम्पसले जनाएको छ।
परीक्षा केन्द्र पनि तोकिसकिएको छ। नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग, शंकरदेव क्याम्पस पुतलीसडक र महेन्द्ररत्न क्याम्पस ताहाचलमा परीक्षा केन्द्र तोकिएको छ। क्याम्पसले शैक्षिक वर्ष २०७५ ०७६ को एलएलबी पहिलो वर्षका पढ्न प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने भनेको छ।
‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद स्थायी समितिको २०७७ कात्तिक २७ गचेको निर्णय बमोजिम त्रिवि कानून संकायको २०७७ पुस २१ गतेको पत्रअनुसार एलएलबी तह प्रथम वर्षमा नेपाल ल क्याम्पसका लागि समावेशी कोटासहित विद्यार्थी सिट संख्या ६ सय निर्धारण भई आएकोले उक्त संख्यामा भर्नाका लागि प्रवेश परीक्षा लिई उत्तिर्ण विद्यार्थीलाई भर्ना लिनु भनी निर्देशन बमोजिम तीन वर्षे एलएलबी पहिलो वर्षका लागि प्रवेश परीक्षा फारम भरेका विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने,’ सूचनामा भनिएको छ।


