२०८३ बैशाख ८, मङ्लबार
 

सर्जिकल मास्क बनाउने पुरानो मेशीन

prabhu bank home loan

महावीर पुन,

लौ हेर्नुहोस् बुधबार राष्ट्रिय आविष्कार केन्द्रमा ल्याइएको सर्जिकल मास्क बनाउने पुरानो मेशीन । यो मेशीनबाट महिलाहरुको सेनिटरी प्याड पनि बनाउन कोशिस गर्नेछौं । तपाईहरुले हामीलाई कबाडी चाहि नभन्नु होला है त । हाम्रो मुख्य उद्देश्य सामानहरु मर्मत गर्ने केन्द्र पनि होइन भन्ने जानकारी पनि दिन चाहन्छु ।

यो पुरानो मशीन श्रेष्ठ सर्भिसेस प्रा.लि. बालकुमारीका भाई अनिल बाबु श्रेष्ठ र मायादेबी कन्सट्रक्सन कम्पनी कौशलटारको भाई कुमार कुँवरले दिएका हुन् । उनीहरुले कोरोनाको महामारीको समयमा सर्जिकल मास्क बनाएर बेच्ने उदेश्यले यो मशीन किनेका रहेछन तर टेक्निसियनको अभाव र अन्य कारणले गर्दा सो मेशीन चलाउन नसकेर थन्क्याएर राखेका रहेछन् ।

उनले यो मशीन आविष्कार केन्द्रले चलाए हुन्छ भनेर भनेको हुनाले आज ल्याईएको छ । यसलाई सफाई र अलिअलि मर्मत गरेर चलाउन कोसिस गरिनेछ । यसबाट प्रतिदिन ७० हजार सर्जिकल मास्क बन्छ रे । साथै यसमा अलिकति दिमाग लगायो भने यहि मशीनबाट महिलाहरुको लागी चाहिने सेनिटरी प्याड पनि बनाउन सकिन्छ रे ।

हेरौं यो पुरानो मेशीनबाट कत्तिको फाइदा हुने काम गर्न सकिने रहेछ । भाईहरुलाई धेरै धन्यबाद छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने