२०८३ असार ८, सोमवार
 

विपद् व्यवस्थापनको विषय स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिको पाठ्यक्रममा

prabhu bank home loan

काठमाडौं,

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन एवं पुननिर्माणको विषय अब इन्जिनियरिङ विषयतर्फ स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि (पिएचडी) को पाठ्यक्रममा समावेश हुने भएको छ । सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका डिन प्रा.डा. शशिधरराम जोशीको अध्यक्षतामा भएको छलफलले प्राविधिक विषयको पाठ्यक्रममैं समावेश गरेर अध्यापन गराउने प्रश्ताव गरेको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल समेतको संयुक्त बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन एवम् पुनर्निर्माण सम्बन्धी विषयलाई इन्जिनियरिङ विषयतर्फ स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि (पिएचडी) को पाठ्यक्रममा समाविष्ट गर्ने सम्बन्धमा छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

पाठ्यक्रममा कुन कुन विषय समावेश गर्ने र कहिलेसम्ममा कार्यान्वयन गर्ने भन्ने विषयमा आगामी दिनमा छलफल प्राधिकरणले जनाएको छ । प्राधिकरणको फेसबुक पेजमा यस सम्बन्धी जानकारी सार्वजनिक भएपछि राम्रो शुरुवात भन्दै सकारात्मक प्रतिक्रिया पनि आउन थालेका छन् । रोचक तरिकाले तथ्यमा आधारित प्रयोगात्मक तरिकाका पाठहरु तयार गर्न र समयसान्दर्भिक विषयहरुलाई जोड दिन सरोकारवालालाई सुझाव आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने