२०८३ असार ६, शनिबार
 

बृहत मर्मतका लागि मनकामना केबुलकार सात दिन बन्द हुने

prabhu bank home loan

गोरखा,

बृहत मर्मतका लागि मनकामना केबुलकारको सेवा एक साता बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि पुस १४ गते मंगलबारदेखि पुस २० गते सोमबारसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

‘केबुलकार निर्माता कम्पनी डोपलमेयर अष्ट्रियाको प्राविधिक निर्देशिका र आवश्यकता अनुसार बृहत मर्मत कार्य गर्नु पर्ने समय भए अनुसार केबुलकार सेवा मर्मत सम्भारका लागि मिति २०७७ पौष १४ गते मंगलबारदेखि २०७७ पौष २० गते सोमबारसम्म बन्द रहने जानकारी गराउँदछौं ।’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।

कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । यात्रुको चाप बढ्दै गए पनि नियमित बृहत् मर्मतको काम समय तालिका अनुसार गर्नु पर्ने भएकोले सेवा बन्द गरी मर्मत गर्नुपरेको नायब महाप्रबन्धक उज्ज्वल शेरचनको भनाइ छ । नियमित मर्मत सम्भारपछि पुस २१ गते मंगलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना केबलकारको सेवा बन्द रहे पनि मनकामना माईको मन्दिर भने भक्तजनका लागि नियमित खुल्ला नैं रहने मूल पुजारी इन्सान थापामगरले बताउनुभयो । सुरक्षा मापदण्ड अपनाएर दर्शनार्थीका लागि मन्दिर खुला गरिएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

10 − one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने