

सिन्धुपाल्चोक,
मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयले शुक्रबार एसइई उत्तिर्ण र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई बधाई र नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यालयका नवप्रवेशी विद्यार्थीलाई स्वागत गरिएको र एसइई उत्तिर्ण विद्यार्थीलाई बधाई ज्ञापन गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमा विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको प्रधानाध्यापक कृष्ण ढुङ्गानाले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुले मन्तव्य राखेका थिए भने साँस्कृतिक प्रस्तुती समेत दिएका थिए ।
कार्यक्रमका तस्वीरहरुः
तस्वीर सौजन्यः तेर्से माविको फेसबुक पेज



















