२०८३ भदौ ८, सोमवार
 

प्रतिनिधिसभा विघटनबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश

पुस १९ भित्र कारण माग, २२ गतेदेखि निरन्तर सुनुवाइ

prabhu bank home loan

काठमाडौं,

प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले संसद विघटनको कारण देखाउन सरकारलाई आदेश जारी भएको हो ।

सर्वोच्चले यस रिटमाथि नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनसँग एमिकस क्युरी पनि माग गरेको छ । ‘नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएशनबाट २ जना बरिष्ठ अधिवक्ता र अधिवक्ताहरु मध्येबाट अदालतको सहयोगी (एमिकस क्युरी) माग गर्नु’ आदेशमा भनिएको छ ।

इजलासले म्याद थाम्न नपाउने गरी पुस १९ गतेसम्म लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ । अदालतले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्रतिनिधिसभा विघटन गर्ने निर्णयको सक्कल फाइल मगाउने, संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको मिति र समय खुल्ने गरी सक्कल रजिष्टर समेतका कागजात संसद सचिवालयबाट झिकाउन पनि भनेको छ ।

अदालतले प्रतिनिधिसभा विघटन हुनु तत्कालअघि दलको प्रतिनिधित्व खुल्ने गरी सांसदहरूको नाम र संख्या सहितको विवरण पनि मागेको छ । पुस २२ गतेदेखि निरन्तर सुनुवाइको मिति तोकी पेस गर्न पनि इजलासले भनेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको अध्यक्षतामा बसेको इजलासमा हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी न्यायाधीश सदस्य छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three + nine =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने