२०८३ बैशाख ८, मङ्लबार
 

राष्ट्रिय आविष्कार केन्द्रमा बनेको “न्यानो नानी”

prabhu bank home loan
महावीर पुन,
लौ हेर्नुहोस् राष्ट्रिय आविष्कार केन्द्रमा बनेको Baby Warmer अर्थात भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउने “न्यानो नानी” भन्ने सामान | यो सामान International Electrotechnical Commission को Code IEC 60601-2-21 अनुसारको गुणस्तर संग मिल्ने गरेर बनाईएको छ | अब यो सामान वितरण गर्न लागी रहेका छौँ | पहिलो लट को १२ ओटा “न्यानो नानी” ज्योति विकास बैंकले किनेर उनीहरुले नै छानेको स्वास्थ्य चौकीमा वितरण गर्दै छ | त्यसको लागी उक्त बैंकले १० लाख रुपैंया आविष्कार केन्द्रलाई CSR अन्तर्गत दान गरेको थियो |
यस्तो किसिमको सामान नेपालमा पाइन्छ | भारतमा बनेको यो सामान नेपालमा धेरै चलेको छ र त्यसलाई ७० हजारको वरिपरी पर्छ | युरोप तिर बनेकाहरु लाई १ लाख ५० हजार भन्दा बढी पर्छ | अहिले हामीले बनाउंदा यसमा लाग्ने सामानहरु को करिब ४३ हजार लागेको छ | धेरै मात्रामा बनाउंदा अझै सस्तो पर्छ | यो सामान किन्न चाहनेहरुले 9841592361 मा फोन गरु होला |
कति साथीहरुलाई यस्तो पनि आविष्कार हो र ? अनि बजारमा नै पाइने चिज बनाएर के को आविष्कार भयो भन्नु होला | यो आविष्कार होइन | यसलाई अंग्रेजीमा ईनोभेशन अथवा Reverse Engineering भन्दछन | हाम्रा ईन्जिनियर भाईहरुलाई बजारमा पाइने यस्तै सामानहरु हेरेर यसको डिजाईन गर्न, बनाउन, परीक्षण गर्न र निर्माण गरेर अहिलेको अबस्थामा ल्याउन १८ महिना जति लाग्यो |
राष्ट्रिय आविष्कार केन्द्रको एउटा लक्ष्य भनेको यस्तो काम गर्ने अनुसन्धानकर्ता लाई सहयोग गरेर बिदेशी सामानहरुको आयात घटाउने पनि हो | कुरा बुझ्नु भो ??

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

9 + 6 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने