२०८३ बैशाख ५, शनिबार
 

आज २०७९ साउन ७ गते शनिवारको राशिफल

prabhu bank home loan

 

मेष – रोजगारीको क्षेत्रमा सफलता मिल्न सक्छ ।  नयाँ काम सुरु गर्दा सफलता प्राप्त हुनेछ ।  नियमित काम र योजनामुताविक काम गर्दा सफलता प्राप्त हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।

वृष – व्यापार व्यवसायमा अर्थलाभ हुनसक्छ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनेछ । अध्ययन अध्यापनमा निरन्तर लागिरहनु होला । कसैलाई पनि दूवाच्य नबोल्नु र मौन रहनु वेश हुनेछ ।

मिथुन – आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा हर्ष छाउने छ ।  कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ ।

कर्कट – आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ । परिवारजनको साथले नयाँ कामको थालनी हुनेछ।

सिंह – रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

कन्या – आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ ।

तुला – आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

वृश्चिक – लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाइन सक्छ ।

धनु – आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

मकर – विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।

कुम्भ – आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।

मिन – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने