२०८३ भदौ २१, आइतवार
 

आज बैशाख २४ गते शनिबारको राशिफल

prabhu bank home loan

मेष : (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आज  शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला ।

वृष : (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) 
प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखा पर्ने छ । सबैले तपाईंको काममा सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

मिथुन :  (क.कि.कु.घ.ङ.छ.के.को.ह) 
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम भने सम्पादन हुन सक्छ । काममा जोश जागँर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्ने छ ।

कर्कट : (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) 
आज उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट विश्वास गुम्न सक्छ, सचेत रहनुहोला ।व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ ।

सिंह : (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) 
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सफल छलफल र लगानीको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला ।

कन्या : (टो.प.पी.पू.ष.ण.ठ पे.पो) 
विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ । सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ ।

तुला : (रा.री.रु.रे.रो.ता.ती.तु.ते) 
भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ ।

वृश्चिक : (तो.ना.नि.नु.ने.नो.या.यि.यु) 
कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला । केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका सथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ ।

धनु : (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नु होला । केही विवादमा समेत परिने योग छ, सावधान रहनु होला । शरिरिक तथा मानसिक आलस्यता बढ्नेछ । झै भगडा हुने दिन छ ।

मकर : (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) 
परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जागिरका क्रममा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् ।

कुम्भ : (गु.गे.गो.सा.सी.सु.से.सो.द) 
आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरू माथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ ।

मीन : (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) 
दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान–सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

13 − 8 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने