

खर्च र चुनौतीको समय छ, तापनि समस्या दर्साउँदा शुभचिन्तकहरूको साथ, सहयोग जुट्नेछ। परोपकारी काममा सहभागी भइनेछ। नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।
बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नजिकका ब्यक्तिको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ । टाढिएका साथीभाइ नजिकिनेछन्, कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पाचन सम्बन्धी समस्याले स्वास्थ्य कमजोर रहला। बीचमा काम रोकिनाले लाभ उठाउन नसकिएला। सेवामूलक कामले अघि बढ्न मद्दत पुग्नेछ। परिस्थितिले समस्या निम्त्याए पनि मिहिनेत गर्दा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। समय लागे पनि कामलाई निरन्तरता दिन सकिनेछ। शुभचिन्तकहरूको साथ–सहयोगले पहिलेको साख जोगाउन सफल भइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहाेला। सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोत फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । कार्य क्षेत्रमा लगाईको श्रमको उचित मुल्यांकन हुनेछ । आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। तर आगन्तुकहरूले अलमल्याउने हुँदा कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन्। जीबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ ।
विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। अन्य ब्यक्तिको बिश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। मित्र जनको सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।
मिन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ।

