२०८१ मंसिर २५, मङ्लबार
 

चंखेलीखबर डट कम मँगलबारबाट सुरु हुँदै

मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा रहेको नेपाली एक रुपैंयाँको नोट (हाल प्रचलनमा नरहेको) मा अंकित चंखेली हिमाललाई आधार मानेर तयार गरिएको चंखेलीखबर डट कममा यहाँलाई स्वागत छ । टाकुराबाट आधा नेपालका मनमोहक दृश्यावलोकन गर्न सकिने विश्वास गरिएको कर्णालीकै सबैभन्दा अग्लो चंखेली हिमालको प्रचार प्रसारसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय चासोका विषयहरुको खोज गरी प्रकाशन गर्ने उद्धेश्यले यो अनलाईन पोर्टल सुरु गरिएको छ । यस अनलाईन पोर्टलले विशेष गरी खोजमुलक सामग्रीहरुलाई प्रकाशन गर्नेछ । समाचार (राजनीति, समाज, शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, अन्तर्राष्ट्रिय) साहित्य, कला, फोटो समाचार, सम्मादकीय, सफलताका कथा मार्फत देश विदेशका महत्वपूर्ण घटनाक्रम, जानकारीहरु, सार्वजनिक निकायले सम्पादन गरेका काम र भएका प्रगति लगायतलाई तपाई सामु पस्कने जमर्कोमा छौं ।

हामी सूचनाको हक सम्बन्धी ऐन २०६४ कार्यान्वयनका लागि नेपाल सरकारलाई सघाउँदै सार्वजनिक सम्पत्तिको संरक्षण तथा सदुपयोगका लागि राज्यको चौथौं अँगको रुपमा सच्चा पहरेदारी गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । सुशासनको प्रवर्दन गर्दै पारदर्शीता, जवाफदेहिता, विधिको शासन र मानव अधिकारको प्रत्याभूतीका लागि सरोकारवालालाई हरबखत खबरदारी गर्ने प्रणका साथमा सुरु गरिएको सञ्चार अभियानमा यहाँको साथ र सहकार्यको अपेक्षा गरेका छौं ।

हामी यहि मँगलबारबाट विभिन्न सामग्रीहरु प्रकाशन सुरु गर्दैछौं । तपाईले पनि आफ्नो गाउँठाउँका समाचारहरु र विदाको समयमा सञ्चालन भएका सरकारी सवारी साधनहरुको फोटो पठाएर सरकारी सम्पत्तिको दुरुपयोग हुनबाट बचाउन दबाब श्रृजना गरौं ।

सम्पादक
चंखेलीखबर डट कम

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने