२०८३ बैशाख १७, बिहिबार
 

आज बैशाख १९ गते सोमवारको राशिफल

prabhu bank home loan

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

राजनीतिमा सफलतामिल्ने छैन् । अध्ययन, अध्यापनमा विवाद आउने छ भने घर, जग्गा र सवारीमा लगानी हुनसक्छ ।लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह

धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ ।  अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पहिलेको सफलताले थप हौसला जगाउनेछ। सेवामूलक काममा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। तर समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। काम राेकिनाले थप अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्नेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्च बढ्नेछ, अर्थअभाव हुन नदिन समयमा सजग रहनुहाेला।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ ।आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 − five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने