

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता मिल्नेछ । आफ्नो शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सफल यात्राको योग छ । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा प्रवृत्त भइनेछ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। मिहिनेतले जटिल ठानिएको काम पनि बन्नेछ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वस्त्र लाभ पनि हुनसक्छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। तापनि मेहनतले अवसर दिलाउनेछ। कर्मको उचित प्रतिफल पाइने हुँदा राम्रै धन आर्जन हुनेछ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
झैझमेलाको अवस्था आउला । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। सम्भावना देखिए पनि केही समस्याले अल्झाउन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। खर्च लागे पनि यात्राकाे साइत जुर्नेछ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। भौतिक साधनको कमीले काममा विलम्ब हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्।
वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थिति अनुकूल देखिए पनि काम गर्न समय लाग्नेछ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर काम थाल्नुहोला। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभकार्यको चर्चा चल्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा लिन सकिनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
राज्यबाट मान सम्मान मिल्नेछ । भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। सामान्य काममा अलमलिनुपर्ला। अवसरवादीहरूले झुक्याउन सक्छन्। तापनि, मिहिनेतले काम बनाउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ।

