२०८३ असार ७, आइतवार
 

आज चैत्र १७ गते बिहीबारको राशिफल

prabhu bank home loan

मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

स्वास्थ्यमा समस्या आउन सक्छ सचेत रहनुहोला। आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट  सामान्य लाभ लिन सकिनेछ । धन आर्जनमा राम्रो दिन छ ।

बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

विपरीत वर्गप्रति आकर्षक बढ्नेछ। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ कामको सुरुवात हुनेछ। काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । अचानक कमाइ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साथिभाइबाट सहयोग मिल्नेछ। नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ। खर्च बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रेममा अल्झन आउनेछ। अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । आफन्त मिलनले सुख मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापारमा फाइदा हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पारिवारिक जमघट हुने अवसर मिल्नेछ।आटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने सम्भावना पनि रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका काम पुनः सुरु हुनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । वादविवादको सामना गर्नु पर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नजिकका साथीभाइबाट सहयोग मिल्नेछ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

घरपरिवारसँग रमाइलो भेटघाट हुनेछ।रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

वैदेशिक कार्यमा सफलता मिल्नेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

मिन (दि, दु, थ, झ, ञ दे, दो, च, चि)

धर्म कर्ममा मन जानेछ। निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ ।पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने