२०८१ माघ १०, बिहिबार
 

एनसीसी बैंकको बद्मासी, बैंकको गल्ती छोप्न बन्दना पाठकले झुठो बोलिन्

प्राथमिकताप्रापत क्षेत्र कर्जा प्रवाह प्रकरण

काठमाण्डौं, चंखेली खबर, संवाददाता ।

एनसीसी बैंक लि. की सहायक कार्यकारी प्रमुख हुन बन्दना पाठक । बाणिज्य बैंकिङ्ग क्षेत्रकी एक्ली महिला सहायक कार्यकारी प्रमुख उनै बन्दना पाठकले आफ्नो बैंकलाई अब्बल देखाउन झूठो बोलेकी छिन् ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आर्थिक वर्ष २०७७\२०७८ को पुष, चैत्र र असार त्रयमासमा एनसीसी बैंकले कृषीमा ११, उर्जामा ६ र साना तथा घरेलु उद्योग क्षेत्रमा ११ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने हो । उल्लेखीत शिर्षकहरु मध्ये उर्जामा बैंकले तोकि दिएको प्रतिशत कर्जा प्रवाह गरेको छ भने अन्यमा कर्जा प्रवाह गर्न सकेको छैन ।

नयाँ बानेश्वर केन्द्रिय कार्यालय भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले कृषीमा तोकी दिएको प्रतिशत कर्जा प्रवाह गर्न नसकेकोले ५७८४६१७ (सन्ताउन्न लाख, चौरासी हजार, छ सय सत्र) रुपैयाँ जरीवाना नेपाल राष्ट्र बैंकलाई तिरी सकेको छ भने एनसीसी बैंकले करीव ४१ करोड जरीवाना तिरको छैन ।

यति ठूलो जरीवाना एनसीसी बैंकले किन तिरेन ? हामीले बैंककी सूचना अधिकारी बन्दना पाठकलाई सोधेका थियौं । उनले हामीसँग विलकुलै झूठो बोलिन । भनले भनिन्, ‘ नेपाल राष्ट्र बैंकले तोकी दिएको प्रतिशत कर्जा एनसीसीले प्रवाह गरेकोले जरीवाना तिर्नु पर्ने देखिदैन ।’

बन्दना पाठकले तोकी दिएको कर्जा प्रवाह गरेको दाबी गरे पनि उनैले हस्ताक्षर गरेको आर्थिक विववरणहरुले न्यूनतम कर्जा प्रवाह प्रतिशत पुगेको देखिदैन ।

एनसीसी बैंकले उपलब्ध गराएको आर्थिक विवरण अनुसार २०७७ असारको अन्तिमसम्म बैंकको कुल कर्जा रु. ६९ अर्व ३९ करोड रहेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार रु. ६९ अर्व ३९ करोडको न्यूनतम ११ प्रतिशत कर्जा पुष अन्तिमसम्म कृषी र साना तथा घरेलु उद्योग क्षेत्रमा गर्नु पर्ने हो । ११ प्रतिशतको हिसावले न्यूनतम रु. ७ अर्व ६३ करोड हुन्छ तर बैंकले कृषीमा रु. ५ अर्व ८० करोड मात्र कर्जा प्रवाह गरेको छ भने साना तथा घरेलु उद्योगमा रु. ६ अर्व १० लाख मात्र कर्जा प्रवाह गरेको छ । तोकी दिएको न्यूनतम प्रतिशत कर्जा प्रवाह नगरेकोले बैंकले पुष त्रयमासमा मात्र करीव १२ करोड जरीवाना तिर्नु पर्ने देखिन्छ ।

२०७७ अशोजमा बैंकको कुल कर्जा रु. ७१ अर्व ८९ करोड छ । चैत्रको अन्तिमसम्म बैंकले न्यूनतम रु. ७१ अर्व ८९ करोडको ११ प्रतिशतका दरले कृषी र साना तथा घरेलु उद्योगमा बैंकले न्यूनतम कर्जा प्रवाह गर्ने पर्ने हो । ११ प्रतिशतले न्यूनतम रु. ७ अर्व १८ करोड हुन्छ । चैत्रमा बैंकले कृषीमा रु. ६ अर्व ५९ करोड मात्र कर्जा प्रवाह गरेको छ । त्यस्तै साना तथा घरेलु उद्योगमा रु. ५ अर्व १८ करोड मात्र कर्जा प्रवाह गरेको छ । यसरी तोकी दिएको न्यूनतम कर्जा प्रवाह नगरेकोले बैंकले चैत्र त्रयमासमा करीव रु. ९ करोड जरीवाना तिर्नु पर्ने देखिन्छ ।

२०७७ पुषमा बैंकको कुल कर्जा रु. ८२ अर्व ८० करोड छ । ०७८ असार अन्तिमसम्म बैंकले रु. ८२ अर्व ८० करोडको ११ प्रतिशतका दरले कृषी र साना तथा घरेलु उद्योगमा न्यूनतम कर्जा प्रवाह गर्ने पर्ने हो । ११ प्रतिशतले न्यूनतम रु. ८ अर्व ८९ करोड हुन्छ । असारमा बैंकले कृषीमा रु. ७ अर्व ३० करोड मात्र कर्जा प्रवाह गरेको छ । त्यस्तै साना तथा घरेलु उद्योगमा रु. ४ अर्व ५८ करोड मात्र कर्जा प्रवाह गरेको छ । यसरी तोकी दिएको न्यूनतम कर्जा प्रवाह नगरेकोले बैंकले असार त्रयमासमा करीव रु. २० करोड जरीवाना तिर्नु पर्ने देखिन्छ ।

बैंककी सूचना अधिकारीले झूठो बोलेर जरीवाना तिर्नु नपर्ने भने पनि बैंकले कुल जम्मा रु. ४१ करोड जरीवाना तिर्नु पर्ने तर तिरेके छैन । एउटै निर्देशन अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट अरीवना असुल गर्ने एनसीसी बैंकबाट जरीवाना असुल नगर्नाले नेपाल राष्ट्र बैंकका कर्मचारीको नियत प्रति शंका गर्ने प्रशस्तै ठाउँ देखिन्छ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twelve + 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने