२०८३ मंसिर १४, आइतवार
 

‘नबिल बर्न केयर वार्ड’ को उद्घाटन

prabhu bank home loan

listing of electicity

नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शैयाको ‘नबिल बर्न केयर वार्ड’ को उद्घाटन गरीएको छ । नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको पहुँच विस्तार गर्दै यसको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त वार्ड स्थापना गरिएको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. राम कण्ठ माकजुले संयुक्त रूपमा नबिल बर्न केयर वार्डको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा दुवै संस्थाका वरिष्ठ अधिकारी, स्वास्थ्यकर्मी, सरोकारवाला तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत सहयोग प्राप्त यस वार्डले जलनका बिरामीलाई गुणस्तरीय, विशेषज्ञतायुक्त तथा बिरामी केन्द्रित उपचार सेवा प्रदान गर्न धुलिखेल अस्पतालको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । यस पहलमार्फत यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा सञ्चालन गरिएका निःशुल्क जलन शल्यक्रिया शिविरमार्फत नबिल केयरले गर्दै आएको सहयोगलाई थप विस्तार गरीएको हो ।

नेपालमा जलनका घटना अझै पनि महत्वपूर्ण जनस्वास्थ्य चुनौतीका रूपमा रहेका छन् । यस्ता घटनाबाट प्रभावित व्यक्तिलाई तत्काल उपचारका साथै विशिष्टीकृत चिकित्सा सेवा, शल्यक्रिया, दीर्घकालीन पुनर्स्थापना र मनोसामाजिक सहयोगको आवश्यकता पर्दछ। नबिल बर्न केयर वार्डको स्थापनाले यस्ता सेवामा बिरामीको पहुँच सहज बनाउनुका साथै नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने देखिन्छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नबिल बैंकका संचालक समितिको अध्यक्ष चौधरीले समाजका महत्वपूर्ण आवश्यकता सम्बोधन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। उनले अर्थपूर्ण संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रतिको दायित्व निर्वाह गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. राम कण्ठ माकाजु श्रेष्ठले नबिल बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस सहकार्यले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

19 − 9 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने