२०८३ बैशाख २, बुधबार
 

नेपाल बैंकको सम्पत्तिमा खिया लाग्दै

prabhu bank home loan

 

नेपालको पहिलो बैंकको हो नेपाल बैंक । आफ्नो ८८ वार्षिक उत्सव मनाएको बृद्ध बैंकले ८८ वर्षीय इतिहास जस्तै सार्वजनिक सम्पत्तिलाई पनि ईतिहास बनाउदै छ ।

नेपाल बैंकको प्रांगणमा २९ वटा नयाँ मोटरसाईलहरु देख्न सकिन्छ । २८ वटा मध्ये ८ वटा स्कुर रहेका छन् । यि साधन बैंकको प्रांगणमा देखिएको करीव सात महिना भयो । बैंकका शाखालाई दिन किनीएका मोटरसाईलहरु किन वितरण नगरेर बैंकले घाममा सुकाई रहेको छ र पानीमा खियाको प्रतिक्षामा राखी रहेको छ ।

मेसीनरी सामान नचलाएमा पाठपुर्जामा खिया लाग्दै जाने हुन्छ । खिया लाग्छ अनि पाठपुर्जा फेर्यो अनि अनिमियता गर्यो । भ्रष्टाचारको रामराज्य भएको देशमा यसरी नै हो अनिमियता गर्ने । बैंकका कर्मचारीको केहि पनि जादैन । राज्यकै सम्पत्ति त जाने हो ।

यो भन्दा पहिला पनि यसरी नै मोटरसाईकलहरु धेरे समय पछि सिसा फुटेको, टायरमा हावा सुस्केको, पाठ पुर्जामा खिया लागेको अवस्थामा शाखाहरुलाई हस्तान्तरण गरीएको बताउछन् जानकारहरु ।

यो लटमा पनि मोटरसाईल सप्लाई कर्ताले कम्पनीको नभई अर्कै कम्पनीको टायर हालेकोले समयमा हस्तान्तरण हुन नसकेको हुनसक्ने बैकमा नियमित आईरहने ग्राहकले जानकारी दिए ।
किन मोटरसाईलहरु सममा नै वितरण हुन नसकेको भनि हामीले त्यस बैकका सुचना अधिकारी होम बहादुर खड्कालाई सोधेका थियौ । सूचना अधिकारीले फोन नै उठाउनु भएन भने कार्यकारी प्रमुख तिलक राज पाण्डेलाई सम्पर्क गर्दा उहाँ कार्यालयमा नभएकोले फोन सम्बन्धीत विभागमा फरवार्ड गरीयो ।

जनरल सर्भिस विभागमा एक जना महिलाले फोन उठाउनु भयो । अल्छी मान्दै आफ्नो विभागको नाम बताउनु भयो । के कति कारणले मोटरसाईलहरु लामो समयदेखि थन्कीरहेको हो ? भनि हामीले प्रश्न सोधेका मात्र के थियौ, उहाँले फोन राख्नु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four + 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने