२०८३ असार ८, सोमवार
 

नेप्सेमा सामान्य गिरावट

prabhu bank home loan

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक सामान्य घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १.३८ अंकले घट्दै १८४४.१४ अंकमा झरेको हो ।

तर, यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने झिनो (०.०९ अंक) ले बढ्दै ३६३.०५ अंकमा उक्लिएको छ । समान्य अंकले घटेको बजारमा आज कारोबार रकम समेत ५० करोड ७६ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ ।

आज ट्रेडिङ डेभलपमेन्ट बैंक र इन्भेष्टमेन्ट समूहको उपसूचक धनात्मक भएका छन् भने १० वटा उपसूचक ऋणात्मक भएका छन् ।

बैंकिङ समूहको उपसूचक ०.०१ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक ०.२४ प्रतिशतले, हाइड्रोपावर ०.५३ प्रतिशतले, फाइनान्स ०.२१ प्रतिशतले घटेका छन् ।

आज सबैभन्दा बढी सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ९.९७ प्रतिशतले कमाएका छन् भने सेन्चुरी डिभेन्चरका लगानीकर्ताहरूले ७.७३ प्रतिशतले गुमाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nine − 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने