२०८३ बैशाख ५, शनिबार
 

नेप्सेमा सामान्य गिरावट

prabhu bank home loan

काठमाडौं – साताको दोस्रो कारोबार दिन नेप्सेमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन अर्थात आइतबार नेप्से सूचक दोहोरो अंकले घटेको बजार सोमबार २.६१ अंकले घट्दै १८५८.३३ अंकमा झरेको हो । यद्यपि, आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने सामान्य (०.२० अंक) ले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

तर, कारोबार रकम भने आज अनपेक्षित रुपमा घट्न पुगेको छ । नेप्सेका अनुसार २ अंकले घटेको बजारमा आज जम्मा ५१ करोड ५८ लाख १८ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

यस दिन डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् । भने, बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, नन् लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने