२०८३ बैशाख ६, आइतवार
 

मतपत्र ढुवानी आजबाट सुरु

prabhu bank home loan

काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको छपाइ भएको मतपत्र प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी सुरु गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा उक्त मतपत्र ढुवानी भएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त प्रणालीका लागि कूल चार करोड छ लाख पाँच हजार मतपत्रको छपाइ सम्पन्न भएको थियो । प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीका लागि दुई करोड चार लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको भने सातवटै प्रदेशका लागि समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द लिमिटेडमा उच्च सुरक्षासहित मतपत्र छपाइ भइरहेको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आजसम्ममा १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 + twenty =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने