२०८३ बैशाख ८, मङ्लबार
 

आजको मौसम : देशभर भारी वर्षा हुँदै, सतर्क रहन अनुराेध

prabhu bank home loan

काठमाडौं – आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भू(भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।

राती लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

भारी वर्षाका कारण पहाडी तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने