२०८३ बैशाख ८, मङ्लबार
 

इन्द्रजात्रा’लाई विश्वव्यापी बनाउने तयारी छ :मेयर शाह

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रालाई विश्वव्यापी बनाउने बताएका छन् ।

इन्द्रजात्रा सुरु भएको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मेयर बालेनले विश्वव्यापी रुपमा इन्द्रजात्रालाई चिनाउन खोजेको र महानगरले त्यहि अनुसार अन्तर्राष्ट्रियस्तरका नगरप्रमुखहरुलाई बोलाएको बताएका छन् ।

उनले इन्द्रजात्राको लागि व्यवस्थापन समितिबाट काम भइरहेको भन्दै सबै तयारी लगभग पूरा भएको जानकारी दिएका छन् । मेयर बालेनले इन्द्रजात्रा काठमाडौं उपत्यकामा मात्र सिमित रहेको भन्दै यसलाई पूरै देशले अपनत्व गर्ने बनाउनु पर्ने बताए ।

यस्तै उपमेयर सुनिता डंगोलले देशकै महत्वपूण पर्वको रुपमा इन्द्रजात्रालाई लिएको बताएकी छिन् । उनले आफूहरुले पदभार ग्रहण गरेको सय दिन पुगेको दिन इन्द्रध्वजा फरफराएर इन्द्रजात्रा सुरु हुनु सुखद संयोग भएको बताइन् । उनले महिलाहरुले जात्राको अन्तिम दिन रथ तान्ने त्यसको नेतृत्व आफैंले गर्ने समेत बताइन् ।

‘केहि नगरप्रमुखहरुबाट आउन नसक्ने चिठी पनि आएका छन् । यस्तै चीनमा कोभिड संक्रमणको कारण स्वास्थ्य मापदण्डलाई कडाई गरेकोले आउन कठिन हुने प्रारम्भिक सूचना पाएका छौं,’ प्रवक्ता मानन्धरले बताए ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नगरेका केहि देशका शहरलाई समेत निमन्त्रणा गरेको विषयमा महानगरले परराष्ट्रसँग छलफल गरेरै निमन्त्रणा गरेको प्रवक्ता मान्धरले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen + 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने