२०८३ बैशाख ८, मङ्लबार
 

विदेशबाट फर्किएर च्याउ खेतीबाट पैसा फलाउँदै धादिङका प्रदिप

prabhu bank home loan

किरण पराजुली

काठमाडौं- पछिल्लो समय स्वदेशमा रोजगारीका अवसर नहुँदा पारिवारिक घरखर्च चलाउनकै लागि धेरै युवाहरू विदेश जाने गरेका छन् । तर धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ३ का प्रदिप तामाङ भने विदेशबाट फर्किएर चन्द्रागिरी नगरपालिका वडा नं ८ मातातिर्थमा व्यवसायिक च्याउ खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्। उनले च्याउ खेती गरेर मासिक १०लाख बराबरको कारोबार गर्ने गरेको बताए । च्याउ खेतीबाट मासिक १० लाखको कारोबार गर्दा सबै खर्च कटाएर करिब १ लाख जति बचत हुने गरेको उनको भनाई छ। उनले व्यवसायिक रुपमा तिन बर्ष देखि च्याउ खेति गर्दै आएका छन् ।

एन. बि च्याउ फर्म दर्ता गरेर ब्यवसायिक रुपमा सुरु गरेका तामाङले बजारमा च्याउको मुल्य सिजनमा प्रति किलो १सय ५० र वेसिजनमा प्रति किलो २ सय ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको बताए ।

च्याउखेतीमा कसरी लागे ?

घरको आर्थिक अवस्था कमजोर भएकाले उनलाइ गाँउमा बस्न मन लागेन त्यसैले २०६५ सालमा कामको खोजिमा काठमाडौं आए। काम खोज्ने सिलसिलामा उनको भेट च्याउ खेती गरिरहेका ऋषि लाल तामाङ सङ्ग भयो उनले पनि ऋषि लाल संगै काम गरे र च्याउ खेतिको बारेमा राम्रोसँग जान्ने अवसर पाए । उनलाइ आफ्नै लगानीमा च्याउ खेती गर्ने इच्छा भयो र त्यहाँबाट गाउँ गए तर लगानि गर्नका लागि पैसाको अभाव थियो। लगानीको कमिले गर्दा रोजगारिको लागि बिदेश जाने निर्नय गरे र २०६८ सालमा कतार गए । कतारको ७ बर्षको मेहनत पछि केही लगानी जम्मा गरेर २०७६ सालमा नेपाल आएर च्याउ खेती गर्न सुरु गरे ।

च्याउ खेतीमा राम्रो आम्दानी गर्न सकिने भएकाले अन्य युवाहरुलाइ पनि च्याउ खेतीको बारेमा सिकाएर च्याउ खेतीमा लगानी गर्ने अवसर दिने योजना उनको रहेको रहेको छ।

नेपाल सरकारले किसानको लागि दिने अनुदान वास्तविक किसानले नपाउने गरेको र सरकारले अनुदान दिँदा बास्तविक किसन चिनेर मात्र दिनु पर्ने उनको भनाई छ। बर्षेनी सररले छुट्याउने कृषि लोनमा पनि काठमाडौं बहिराको किसानलाई बिना धितो ऋण दिएमा च्याउखेतीबाट धेरैलाइ रोजगारी दिन सकिने उनको भनाइ थियो।

स्थानीय सरकारले सहयोग गरेमा आफ्नै गाउँमा यस्ता च्याउखेती गरेर स्थानिय युवाहरुलाइ रोजगार दिने योजना पनि उनको रहेको छ। कृषिको सम्भावना भएको आफ्नो गाउँमा व्यवस्थित र व्यावसायिक कृषि योजना कार्यान्वयन गर्नुपर्ने र युवाहरुको योजनामा सहयोग गर्नुपर्ने उनले भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eighteen − two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने