२०८३ बैशाख ८, मङ्लबार
 

धादिङ समाज जापान र धुनिबेशी नगरको संयुक्त लगानीमा ख वर्गको एम्बुलेन्स सञ्चालन

prabhu bank home loan

धादिङ – धादिङ समाज जापान,धुनिबेशी नगरपालिका र गैरआवाशीय नेपाली संघ जापनको सहयोगमा धुनिबेशी नगरपालिकामा आज आईतबारबाट (ख) वर्गको सुविधा युक्त एम्बुलेन्स सुचारु भएको छ ।

धादिङबाट जापान गईबसोबास गरेका र देशका अन्य विभिन्न भू-भागबाट जापानमा रहेका नेपाली नागरिकहरुको करिब १० लाख सहयोग र धुनिबेशी नगरपालिकाको करिब ९ लाख गरी कुल १९ लाख लागतमा खरिद गरिएको एम्बुलेन्स एक कार्यक्रका बीच गैरआवाशीय नेपाली संघ अन्तरद्धिप समुन्वय परिषदका पूर्व अध्यक्ष तथा सिन्ज्ञोसिन रोटरी क्लब अफ टोकियोका रोटरीयन भवन भट्टले धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नु भएको हो ।

एम्बुलेन्स हस्तानतरण कार्यक्रममा बोल्नु हुँदै पृर्व अध्यक्ष भट्टले आगामी दिनमा समेत विभिन्न किसिमका सहयोग गर्ने बताउनु भएको छ । उहाँले जापनका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आफ्नो जन्मभूमिका लागि सकेको सहयोग गर्ने उद्देश्यका साथ खोलिएका संघ संस्थाको भूमिका नेपाली नगरीकहरुलाई सुख दुःखमा सहयोग गर्नु रहेको समेत बताउनु भएको छ ।

त्यसै कार्यक्रममा बोल्नु हुँदै धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले धादिङ समाज जापान र गैरआवाशीय नेपाली संघ जापन, सिन्ज्ञोसिन रोटरी क्लब अफ टोकियोले गरेको सहयोगको धन्यवाद सहित प्रशम्सा समेत गर्नु भएको छ । मेयर आचार्यले आगामी दिनमा समेत विभिन्न किसिमका सहयोग गर्न जापानमा रहेका गैर आवाशिय नेपालीहरुलाई आग्रह गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 − 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने