२०८३ बैशाख ४, शुक्रबार
 

थाक्रेका किसानहरुलाई एभोकाडोको बिरुवा वितरण

prabhu bank home loan

धादिङ – धादिङको थाक्रे ७ का किसानहरुका लागि एभोकाडोको बिरुवा वितरण गरिएको छ । कृषीको दिगो विकास र जीविकोपार्जनमा आधारित एभोकाडो ग्रिन भिलेज प्रर्वद्धन कार्यक्रम अन्तर्गत थाक्रे ७ का किसानहरुका लागि एभोकाडोको बिरुवा वितरण गरिएको हो ।

थाक्रे ७ को लागि एभोकाडो ग्रिन भिलेज बनाउने उदेश्यले परिक्षणको लागि करिब १ सय ५० घर धुरीको लागि दश/दश बोटको दरले उक्त बिरुवा वितरण गरिएको थाक्रे गाउपालिका ७ का वडा अध्यक्ष युवराज खतिवडाले बताउनु भयो ।

कृषिको दिगो विकास र जीविकोपार्जनमा आधारित एभोकाडो ग्रिन भिलेज प्रर्वद्धन कार्यक्रम अन्तर्गत कार्वन फार्मस नेपालको प्राविधिक सहयोग, कालिका युवा क्लब र सातकन्या देवी युवा समाजको समन्वय, थाक्रे वडा नम्बर ७ र संस्थागत विकास सञ्जालको आर्थिक सहयोग र सिड्स नेपालको साझेदारीमा कार्यक्रम भएको हो ।

कार्यक्रममा कृषि प्राबिधिक रामजी भट्टले एभोकाडो सार्ने र हुर्काउने बिधिबारे उपस्थित कृषकहरुलाई जानकारी गराउनु भएको थियो ।

थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापाको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सबिन सिह चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष सन्तबहादुर तामाङ्ग, थाक्रे गाउँपालिका एमालेका अध्यक्ष कृष्ण पन्त, सिड्स धादिङ्गका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, संस्थागत बिकास संजालको कोषाध्यक्ष मेघ बहादुर तामाङ्ग, कृषि प्राबिधिक रामजी भट्ट लगायतको आतित्थ्ष्ता र स्थानियहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

17 − 15 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने