

काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी अवसरमा मंगलबार काठमाडौंको नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरुको घुइँचो लागेको छ।
त्यसैगरि काठमाडौंको नागपोखरी, किर्तिपुरको टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

