

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले एसईईको ग्रेडवृद्धिका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा तत्कालका लागि कक्षा ११ मा भर्ना हुन नपाउने अर्थात ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याउने विद्यार्थी तीन हजार दुई सय छन् ।
बोर्डले यी विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षाको व्यवस्था गरेको छ ।
तर त्यो भन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।
यस्ता विद्यार्थीका लागि परीक्षा बोर्डले भदौको ११ र १२ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

