

काठमाण्डाै – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प गएको छ ।
बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

