

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएकाे छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहाल भारतीय जनता पार्टीकाे निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएकाे हाे ।
भारत भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेटवार्ता गर्ने तय भएकाे बताइएकाे छ ।

