

काठमाडौं – आज सुन-चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यो मूल्य आठ सय रुपैयाँ कम हो। बिहीबार सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

