२०८३ बैशाख १७, बिहिबार
 

स्वतन्त्र भनेर राजनीतिमा आउने स्वतन्त्र हुँदैनन् : प्रचण्ड

prabhu bank home loan

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिमा कुनै पनि व्यक्ति स्वतन्त्र नभएकाे बताएका छन्। बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा उनले स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्तिहरू स्वतन्त्र नभई देशलाई पछि लैजाने तत्व भएको आरोप लगाए ।

अहिलेको नेपाली समाजमा स्वतन्त्र र व्यक्तिगत भन्ने कुनै मानिस नरहेको उनको तर्क छ। ‘अहिलेको समाज नयाँ बाटोतिर जान नदिने समाज छ। हामीले वैज्ञानिक बहसको नेतृत्व र आन्दोलन गर्न सकेनौँ भने पछि फर्किने तत्व र प्रवृत्ति आउँछन् । विभिन्न नाममा आउँछन्। व्यक्तिगत, स्वतन्त्र भन्छन्, स्वतन्त्र अहिले कोही हुँदैन। स्वतन्त्र भन्ने मान्छे हुँदैन, अहिलेको जमाना र नेपालमा,’ अध्यक्ष प्रचण्डले भने।

नेपालमा विज्ञानको प्रयोग सचेत रूपले हुन नसकेको उल्लेख गर्दै उनले जनताको अधिकार खोस्ने र सीमित वर्गको हातमा अधिकार केन्द्रित गर्ने तत्वलाई परास्त गर्न आइटी इन्जिनियर, वैज्ञानिक र समाजलाई नयाँ बनाएर विकास समृद्धि र सभ्यताको नयाँ यात्रा सुरु गर्न आवश्यक रहेको बताए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

18 − 11 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने