

काठमाडौं – निकै तामझामका साथ नबिल बैंकसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंकबाट ३ करोड ३३ लाख रुपैयाँभन्दा धेरैको शेयर गायब भएको पाइएको छ ।
बैंकका कर्मचारीहरुले संस्थापक शेयरधनीहरुको ३ करोड ३३ लाख २६ हजार ८ सय रुपैयाँ बराबरको ३ लाख ३३ हजार २ सय ६८ कित्ता शेयर गायब बनाएको हो।
चंखेली खबरलाइ प्राप्त विवरण अनुसार २०७७/०७८ को साधारण सभाले १२ प्रतिशत शेयर बोनस बाडेपछि बैंकको चुक्ता पुँजी रु. १० अर्ब ८ करोड ५४ लाख ६ हजार ६ सय २१ पुग्छ । उल्लेखीत चुक्ता पूँजी नेप्से र शेयर संस्थाले पनि आफ्नो साईटमा प्रकाशित गरेको छ। रु. १० अर्ब ८ करोड ५४ लाख ६ हजार ६ सय २१ चुक्ता पूँजी को जम्मा १० करोड ८ लाख ५४ हजार ६६ कित्ता शेयर हुन्छ ।
बैंकले चुक्ता पूँजी शेयर बेचेर बनाएको हो । बैंकको शेयर संरचना १०० प्रतिशत मध्ये ५१ प्रतिशत शेयर संस्थापकको र ४९ प्रतिशत शेयर सर्वसाधारणको छ । सो को जानकारी हामीलाई नेपाल बंगलादेश क्यापीटलले पनि दिएको छ ।
राष्ट्रिय सूचना आयोगलाई सूचना दिलाइदिन गरेको पुनरावेदन पछि बैंकले उपलब्ध गराएको र राष्ट्रिय सूचना आयोग मार्फत प्राप्त विवरणमा बैंकमा जम्मा ३७ जना संस्थापक शेयर धनीहरु रहेका छन् । ५१ प्रतिशत शेयर संस्थापकहरुको भएकोले जम्मा ५ करोड १४ लाख ३५ हजार ५ सय ७३ कित्ता शेयर संस्थापकको हुन्छ । तर बैंकले उपलब्ध गराएको विवरणमा संस्थापकको जम्मा शेयर कित्ता संस्था ५ करोड ११ लाख २ हजार ३ सय ५ मात्र देखिन्छ ।
धेरैमा ४ करोड १२ लाख ४६ हजार ७ सय १७ र थोरैमा २ सय ९ कित्ता संस्थापक शेयर भएका ३७ जना प्रत्येक शेयर धनीको शेयर कित्ता जोड्दा जम्मा ५ करोड ११ लाख २ हजार ३ सय ५ मात्र पुग्छ । जम्मा शेयर कित्ता १ करोड ८ लाख ५४ हजार ६६ को ५१ प्रतिशतले ५ करोड १४ लाख ३५ हजार ५ सय ७३ कित्ता शेयर संस्थापकको हुनुपर्नेमा बैंकले जम्मा संस्थापकको शेयर कित्ता ५ करोड ११ लाख २ हजार ३ सय ५ मात्र भनि लिखीत रुपमा दिएको सूचनाले ३ लाख ३३ हजार २ सय ६८ कित्ता शेयर गायब भएको देखिन्छ। संस्थापकको गायब ३ लाख ३३ हजार २ सय ६८ कित्ता शेयर कस्को खल्तीमा छ ? कस्ले संस्थापकको शेयर चोरी गार्यो भनि हामीले बैंकका कम्पनी सचिव तथा सूचना अधिकारी विश्व प्रकाश पौडेललाई सोध्दा उनले जवाफ दिन चाहेनन् । जवाफ दिनुपर्नेमा मिडियाको हौवा दिएर हामीलाई नतर्साउनुस् ।’ हामीले कहि कतै पनि चोरी गरेर संस्थापकको शेयर गायब बनाएका छैनौँ।’ भन्ने जवाफ दिए ।
चोरी नगरेको दाबी गरीरहदा उनैले हस्ताक्षर गरेको विवरणले चोरी गरेको प्रमाणित गरेको छ । हुर्नुहोस् उनैले हस्ताक्षर गरेको पत्र ।



उनले दिएको जवाफले हामीलाई चित्त नबुझेकाले हामीले बैंकका कार्यकारी प्रमुखसँग पनि सम्पर्क गरेका थियौ, तर उनी सम्पर्कमा नै आउन चाहेनन् ।
क वर्गको सक्षम नबिल बैंकसँग मर्ज हुदै गर्दा चोर्ने बानी परेका कर्मचारीहरुले नबिललाई कुन उचाइँमा लाने हुन त्यो हेर्न बाँकी छ ।

