२०८३ बैशाख १७, बिहिबार
 

नागरिकता विधेयक सम्बन्धी अर्को विधेयक दर्ता गराउने सरकारको तयारी

prabhu bank home loan

काठमाडौं – सरकारले आजको प्रतिनिधिसभाको बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ ।

मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने निर्णय गरेपछि आजको प्रतिनिधि सभामा विधेयक दर्ता गराउने तयारी भएको हो । प्रतिनिधिसभा चुनावको मिति घोषणा हुने बेला सरकारले विधेयक फिर्ता लिन लागेको हो । प्रतिनिधिसभाको यो कार्यकालमा पनि विधेयक पारित नभए जन्मसिद्ध नागरिकता भएका बुवाआमाका सन्तानले नागरिकता पाउन प्रतिनिधिसभाको अर्को कार्यकाल कुर्नुपर्ने हुन्छ ।

प्रतिनिधि सभामा चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने निर्णय गरेको हो । नागरिकतासम्बन्धी विधेयक संसदमा २०७५ साउन ४ गते दर्ता गरिएको थियो । यो विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले २०७७ साल असार ७ गते बहुमतले पारित गरेको थियो ।

प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दैछ । विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गर्नु पर्ने भएकाले आजको बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

8 + twenty =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने