

काठमाडौं – रामेछापको बेथानमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।
मंगलवार हिवान बेथानबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको हो । बा३ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका १ लुभुघाट नजिकै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी टोलीले उद्धार कार्य जारी राखेको र घाइतेलाई धुलिखेल अस्पताल पुर्याउने तयारी भएको प्रहरीले बताएको छ ।

