

काठमाडौं – नेपालमा सर्वसाधारण नागरिकले राज्यका तर्फबाट पाउने सेवा सुविधा लिन त्यती सजीलो छैन । अधिकांश सरकारी कर्मचारीहरु काम ठग र घुस्या भएकाले सेवाग्राहीले सजिलै सेवा पाउँदैनन्।
त्यस्तै ठग प्रवृत्ति सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने यातायात क्षेत्रको यातायात व्यवस्था विभागमा देखिएको छ। यातायात व्यवस्था विभागको कार्यालयमा फोन गर्दा फोन लाग्दैन भने लागेको फोन उठ्दैन ।
यातायात कार्यालयमा फोन नउठ्ने जानकारी हामिलाइ आएपछि हामिले यातायातको मिनभवन, चावहिल, ठुलोभर्कायाङ कार्यालयमा कार्यालय समयमा फोन गर्दा धेरैकोमा फोन नै लागेन भने लागेको फोन पनि उठेन।
यातायात व्यवस्था विभागको एकान्तकुनाको वेवसाइटमा त कार्यालयको फोन नम्वर समेत राखिएको छैन। नागरिकलाइ सहज हुनुपर्ने सरकारी कार्यालय ठग कर्मचारीले गर्दा असहज हुँदै गइरहेको छ।
ठग कर्मचारीहरुलाइ कारवाहि गर्न सम्बन्धित निकायको ध्यान जाओस् ।

