२०८३ बैशाख ५, शनिबार
 

दहि चिउरा खाने दिन : दहिचिउरा पनि विदेशबाटै आयात

११ महिनामै भित्रियो ३६ लाखको दही र ५० लाखको चिउरा

prabhu bank home loan

काठमाडौं : आज असार पन्ध्र आजका दिन देशभर दहि चिउरा खाएर मनाउने चलन छ। तर बिडम्बना कृषि प्रधान देश नेपालमा दहि र चिउरा पनि बाहिरबाट भित्र्याउने गरेको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ३६ लाख रुपैयाँको दही र ५० लाख रुपैयाँको चिउरा भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालूवर्षको ११ महिनाको अवधिमा उक्त मूल्य बराबरको दही र चिउरा भित्रिएको हो ।

यसअवधिमा नेपालमा विदेशबाट  १६ हजार किलो दही आयात भएको छ । उक्त परिमाणको दही आयात गर्दा ३६ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, यसबापत आयातकर्ताले सरकारलाई १० लाख ९५ हजार रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।

नेपाल भित्रिएको दहीमध्ये स्पेनबाट सबैभन्दा धेरै भित्रिएको छ । स्पेनबाट मात्रै नेपालमा ११ महिनाको अवधिमा ३१ लाख ३० हजार रुपैयाँ बराबरको ८ हजार ५१३ किलो दही भित्रिएको छ । यसपछि बंगलादेशबाट ४ लाख ८० हजार रुपैयाँको र भारतबाट ३६ हजार रुपैयाँको दही आयात भएको छ ।

यसअवधिमा, विदेशबाट १ लाख २० हजार किलो चिउरा भित्रिएको छ । यसको मूल्य ५० लाख रुपैयाँ हुन आउँछ । यस्तै, व्यापारीले चिउरा आयात गरेबापत राज्यलाई ७ लाख ६५ हजार रुपैयाँ भन्सार शूल्क बुझाएका छन् । र, यस अवधिमा नेपाल भित्रिएको सबै चिउरा भारतबाट मात्रै भित्रिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twelve + 19 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने