

काठमाडौं – नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।
शपथ बिहान ११ बजे हुने राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो मन्त्रिपरिषद् सदस्य हेरफेर र कार्यविभाजन गर्नुभएको थियो ।
एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने मेटमणि चौधरीले सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्यामा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी शेरबहादुर कुवँरले पाउनुभएको छ ।
स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने हिराचन्द्र केसीले पाउनु भएको छ ।

