२०८३ बैशाख १०, बिहिबार
 

आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा, बाढीपहिरोबाट बच्न २४ घण्टे चेतावनी

prabhu bank home loan

काठमाडौँ – आज बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा जारी छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौँ, सिन्धुपाल्चोक, चितवनको भरतपुर, सप्तरीको फत्तेपुर, झापाको कन्काई, तनहुँ, बाँके, सुनसरी लगायत स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो ।

काठमाडौँमा जारी वर्षा भने अब केही बेरमा रोकिने सम्भावना देखिएको महाशाखाले जनाएको छ । तर बेलुका पुनः वर्षा हुने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

यस क्रममा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १ र बागमती प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ ।

महाशाखाका अनुसार आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ । वर्षा नभएका स्थानहरुमा तापक्रम बढ्न सक्ने हुनाले त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने