२०८३ बैशाख ११, शुक्रबार
 

आज ओलम्पिक दिवस मनाइँदै

prabhu bank home loan

काठमाडौं – अन्तराष्ट्रिय ओलम्पिक दिवस २०२२ को अवसरमा आज बिहीबार नेपालमा विविध कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।

नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बिहीबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रुपमा ओलम्पिक दिवस मनाउने जनाएको छ । कमिसनले लगनखेलस्थित नेपाली सेना खेलकुद तथा शारीरिक तालिम केन्द्रमा बिहीबार अपरान्ह विविध कार्यक्रम आयोजना हुने जनाएको छ ।

आधुनिक ओलम्पिक स्थापना भएको दिनको अवसर पारेर हरेक वर्षको जुन २३ मा ओलम्पिक दिवस मनाउने गरिन्छ। नेपालमा ओलम्पिक दिवस १९ दिन खेलकुदको विविध कार्यक्रम आयोजना गरेर मनाईएको छ । नेपालमा जेठ २२ गतेबाट विविध कार्यक्रम दिवस मनाउन सुरु गरिएको थियो ।

यस पटक नेपालमा २ हजार ४ सय ८६ कार्यक्रम आयोजना भएको कमिसनले जनाएको छ । जसमा २ लाख २५ हजार ४ सय ४५ व्यक्तिको सहभागिता रहेको बताईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने