२०८३ बैशाख ५, शनिबार
 

काठमाडौंमा हैजा फैलन सक्ने अनुमान, सर्तक रहन आग्रह

prabhu bank home loan

काठमाडौं-  काठमाडौंमा दुईजनामा हैजा देखिएपछि पानी उमालेर खान र सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयले  आग्रह गरेको छ। असार २ गते झाडापखालाको लक्षण देखिएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा रोगको जीवाणु देखिएको हो ।

हैजा देखिनेमा १८ र २३ वर्षीय व्यक्तिहरु रहेको छ। काठमाडौं महानगर बागबजारमा बसोवास गर्दै आइरहेका उनीहरु दुवैजना एकै परिवारका सदस्य हुन्।

उनीहरु दुवैको उपचार टेकुस्थित अस्पतालमै भइरहेको छ। काठमाडौंमा हैजा देखिएपछि मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफलसमेत गरेको छ।

मन्त्रालयले हैजा सम्बन्धि कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध समेत गरेको छ। हैजा फैलिएर महामारी बन्न सक्ने भन्दै मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेरको छ।

मन्त्रालयले सुरक्षित हुन पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बेलाबेलामा हात सफा गर्न, खानेकुराको सरसफाइ गर्न र खुला रुपमा दिसापिसाब नगर्न अनुरोध गरेरको छ। शौचालयको प्रयोग पछि अनिवार्य साबुन पानीले हात धुन पनि मन्त्रालयले आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 − one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने