२०८३ असार ७, आइतवार
 

देशको प्रमुख कार्यकारीको सवारमा हेलचेक्राइँ

प्रधानमन्त्री सवार हेलिकप्टरको आकाशमै इन्धन सकियो

prabhu bank home loan

काठमाडौं – शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यक्रम सुदुरपश्चिम प्रदेशमा तय भएको थियो ।

दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट धनगढीका लागि हेलिकप्टर चढे । तर देउवा चडेको हेलिकप्टर उड्दा उड्दै आकाशमा इन्धन सकिन लागेपछि भैरहवामा आकस्मिक अवतरण गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

उनी चढेको हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । जसका कारण देउवा करिब २० मिनेट जति भैरहवामै बस्नु परेको बताइएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ उडेका थिए ।

देशको प्रमुख कार्यकारीको सवारमा समेत यतिसम्मको हेलचेक्याइ हुनु लापरबाही हो ।

सामान्यतया कुनै पनि स्थानमा पुग्नका लागि आवश्यक इन्धनको व्यवस्था नगरि उडान भर्नु सम्बन्धित निकायको गैरजिम्मेवारीपना पनि हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने