२०८३ बैशाख ९, बुधबार
 

सूचना अभियन्तामाथि बैंक अफ काठमाण्डूका कर्मचारीद्वारा दुर्व्यवहार

prabhu bank home loan

काठमाडौं – बैक अफ काठमाण्डूको कर्मचारीले सूचना अभियन्तामाथि दुर्व्यवहार गरेका छन् । बैंक अफ काठमाण्डूको केन्द्रीय कार्यालयमा  बैंकको विविध विषयमा सूचना माग्ने क्रममा सूचना अभियन्ता अंगराज भारतीमाथि बैंकका कर्मचारी सुजन पुडासैनी लगायत अन्य २ जना कर्मचारीहरुले दुर्व्यवहार गरेका हुन् ।

बैंकका विविध विषयमा सुचना माग्ने क्रममा सुचना सँग सम्बन्धित कर्मचारी पुडासैनीले कार्यालयमा बोलाइ सूचना दिनुको सट्टा अबबाट सुचना मागेर ल्याङल्याङ गर्ने होइन जस्ता शब्दको प्रयोग गरि बैंकका अन्य दुइजना कर्मचारी समेत मिलेर आफुलाइ घेराबन्दी गरी दुर्व्यवहार गरेको सूचना अभियन्ता भारतीले चंखेली खबरलाइ बताए ।

सूचना माग्न गएकै आधारमा देशकै बुद्धिजीवी र जान्नेसुन्ने मान्छे तपाइ हो भनेर आफुमाथि प्रश्न गरी गिराउन खोजेको समेत भारतीले बताए ।

यस विषयमा बैंकका सूचना अधिकारी महेश मिश्र सँग हामिले कुरा गर्दा यस विषयमा आफुलाई खबर आएको र थप कुरा सुजन पुडासैनीसँग जानकारी लिइरहेको बताउनुभयो ।

यस विषयमा थप जानकारी लिन दुर्व्यवहार गरेका भनिएका पुडासैनी सँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यसरी बैंकको बिषयमा सूचना लिन खोज्दा सुचना अभियन्तामाथि दुर्व्यवहार गर्ने कर्मचारीमाथि गम्भीर छानबिन हुन जरुरी छ ।

सुचना अभियन्ता अंगराज भारती बैंक अफ काठमाण्डूका शेयर धनि पनि हुन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

18 − ten =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने