२०८३ बैशाख ८, मङ्लबार
 

७० वर्ष नाघेकाले चुनावमा उठ्न नपाउनेगरी कानुन बनाऔँ : योगेश भट्टराई

prabhu bank home loan

काठमाडाैं – एमाले सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि अवकाशका लागि उमेरहदको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

‘संविधान अब केही विषयमा संशोधन गर्नुपर्ने हुन्छ । ६५ अथवा ५८ वर्षमा अवकाशका प्रणाली राखेको छौँ,’ उनले भने, ‘तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ । अब ७० वर्ष नाघेका मानिसहरू कुनै पनि राज्यका निकायमा चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ? हामीलाई र्‍यालसिंगान काढ्ने, कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन । काम गर्ने चाहिएको हो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

9 − 8 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने