२०८३ जेष्ठ १६, शनिबार
 

चुनावमा अन्तर्घात भएको एमालेको दाबि ,घनश्याम भूसाललाई कारवाही गरिने

prabhu bank home loan

काठमाडौँ – पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाएको छ ।अनुशासन आयोगले सचिवालय बैठक राखेर भूसाललाई आवश्यक कारवाहीका निम्ति पार्टीमा सिफारिस गरेको हो ।

पार्टी नेतृत्व विरुद्ध अभिव्यक्ति दिएकाले विधान बमोजिम कारवाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडाल बतउँछन् । हामी त कारवाही गर्ने निकाय होइनौं । आवश्यक अनुसन्धान गरेर सिफारिस गर्ने हो, त्यो गरेका छौं बडाल भन्छन् । स्थानीय चुनावको नतिजाबारे भूसालले अन्तर्वार्ता दिएका थिए ।

अन्तर्वार्तामा भूसालले स्थानीय चुनावमा जनताले एमालेको इतिहास र कार्यकर्ताको योगदानको कदर गरेपनि अध्यक्ष ओलीको कार्यशैलीकै कारण पराजित हुनुपरेको बताएका थिए । गत मंसिरमा चितवनमा सम्पन्न १०औं महाधिवेशनको प्रक्रियादेखि जिल्ला अधिवेशनहरुमा देखिएको शैली समग्रतामा असफल भएको प्रमाण चुनावबाट पुष्टि भएको भूसालको निचोड थियो । अहिलेकै शैली नछोडे एमाले थप संकटतिर धकेलिने पनि भूसालको निष्कर्ष थियो ।

यही अन्तर्वार्तालाई लिएर भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाइएको छ । पार्टीको विरुद्धमा बोल्न मन लाग्यो भने पार्टी सदस्यताबाट राजीनामा दिनुपर्छ । पार्टी सदस्य भएपछि बाटोमा बसेर मनपरी बोल्न पाइदैन अध्यक्ष बडाल भन्छन् । भूसाललाई कारवाही प्रक्रिया बढाइएपछि एमाले पंक्तिमा भने ठूलै हलचल देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने