२०८३ जेष्ठ १७, आइतवार
 

एकीकृत समाजवादीबाट नयाँ मन्त्रीकाे नाम सिफारिस, को को बन्दैछन् नयाँ मन्त्रीहरु हेर्नुहोस् ?

prabhu bank home loan

काठमाडौं – नेकपा एकीकृत समाजवादीले हाल देउवा नेतृत्वको सरकारमा रहेका बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकको निर्णयअनुसार बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरिएको हो ।

नेकपा एसले नयाँ मन्त्रीमा भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री , जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सिफारिस गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर एसका नेताहरु विजय पौडेल र प्रमेश हमालले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । नयाँ मन्त्रीहरुको सपथ ग्रहण पनि आजै गराउने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

20 − three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने