२०८३ बैशाख ५, शनिबार
 

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल -डिजलको मूल्य

prabhu bank home loan

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बिहीबार (आज) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।

अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भने अनुसार निगम सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ ।

यस अगाडि पेट्रोलको मूल्य १८० रुपैयाँ तोकिएको थियो । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।

निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘निगम सञ्चालक समितिको निर्णय अनुसार आज मिति २०७९/०२/१९ को राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा विक्री मूल्यमा प्रतिलिटर रु.१०/–ले घटाई पेट्रोल, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य (देशैभर निगमको डिपो परिसरबाट १५ कि.मि.सम्म) क्रमशः प्रतिलिटर रु.१७०/–, रु.१५३/– र रु.१५३/–प्रतिलिटर कायम गरिएको छ ।’

यसरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएपनि हवाई इन्धन (आन्तरिक र बाह्यतर्फ) र एलपी ग्याँसको खुद्रा विक्री मूल्य भने यथावत कामय राखिएको छ ।

हेर्नुस् नयाँ मूल्यपछिको निगमको हिसाव-किताव

 

 

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने