२०८३ असार ८, सोमवार
 

नेपाल बंगलादेश बैंकको विशेष साधारणसभा शंकास्पद

prabhu bank home loan

काठमाडौं- नेपाल बंगलादेश बैंकको विशेष साधारणसभा शंकास्पद भएको पाइएको छ। बैंकको विशेष साधारण सभा कोरम नै नपुगि सम्पन्न भएकाले शंकास्पद देखिएको हो।

कम्पनि ऐनको दफा ७५ अनुसार कम्पनिको साधारण सभामा भए गरेका कामकारवाही र उपस्थितिको विवरण केन्द्रीय कार्यालयमा सुरक्षित राखि कुनै शेयर धनीले अवलोकन गर्न चाहेमा सचिव वा सचिवले भनेको मान्छेले सो विवरण अवलोकन गराउनुपर्दछ। तर नेपाल बंगलादेश बैंकले आफ्नो बैंकको शेयर धनिले साधारण सभाको विवरण माग्दा समेत नदिएको पाइएको छ ।

बैंकले सम्पन्न गरेको विशेष साधारण सभा कोरम नै नपुगि सम्पन्न भएको भनि साधारण सभाको उपस्थित लगायतका अन्य विवरण अवलोकन गर्न खोज्दा अवलोकन गर्न बैंकले नदिएको उक्त बैंकका शेयर धनिले चंखेली खबरलाइ बताए। एक हप्तादेखि बैंकका कम्पनी सचिव विश्वप्रकाश पौडेलसँग विवरण मागरिरहेको तर उनले विवरण नदिएर जे गर्न सक्छस गर भनेर धम्की दिएको पनि उनले बताए ।

शेयर धनिका यस्ता गुनासो आएपछि हाम्रो टिम यसबारे बुझ्न नेपाल बंगलादेश बैंकका अध्यक्ष र सिइओ लाइ भेट्न बैकको कार्यालय जाँदा उनिहरुले हाम्रो टिमलाई भेट्नै मानेनन् र यसबारे जवाफ नै दिन मानेनन्।

यसरी आफ्नै बैंकका शेयर धनिको प्रश्नको जवाफ नदिएर टाढा भाग्न खोज्नुले नेपाल बंगलादेश बैंकका विशेष साधारणसभा संकास्पद रहेको कुरा प्रश्ट हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने