२०८३ बैशाख १७, बिहिबार
 

आजको मौसम : देशका केही भेगमा हावाहुरीसहित हल्का वर्षा हुने

prabhu bank home loan

काठमाडाैं – देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले प्रदेश नं एक, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरिएको छ ।

मंगलवार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई प्रदेश न एक, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने